नतिजा नआए पनि निरन्तर परामर्शमा छु : सभामुख सापकोटा

264

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।

संसदीय मामिला प्रत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै संसदलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताएका हुन् ।

उनले संसदलाई जबाफदेही बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताए । संसदका राम्रा नराम्रा कामको तुलना गर्न सभामुख सापकोटाले समाजलाई आग्रह गरे ।

आफ्नो हातमा नतिजा नआए पनि निरन्तर परामर्श गरिरहेको जानकारी दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सरहयोग आवश्यक रहेको तर्क गरे ।

विगतका अध्यक्षहरुको कार्यकाल जस्तै नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल पनि सफल हुने उनले आशा व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...