काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले ‘ओलीतन्त्रको घास नखाने’ दाबी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत रेशम चौधरीलगायत बन्दीको रिहाइलाई केपी ओलीको नेतृत्वको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।
उनले आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिस्ट पञ्चायत छिरेका थिए रु भनेर प्रश्न पनि गरेका छन् ।
“रेशम चौधरीलगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पञ्चायत छिरेका थिए ?” डा.भट्टराईले भने, “जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !”