मुख्यमन्त्री पौडेलविरुद्धको अविस्वासको प्रस्ताव फिर्ता

207

काठमाडौं । नेकपा एमालेका माधव कुमार नेपाल समूहका प्रदेशसभा सांसदहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविस्वास प्रस्ताव फिर्ता लिएका छन् ।

अविस्वास प्रस्तावका प्रस्तावक अरुण नेपालले पछिल्लो विकसित परिस्थितिका कारण एमाले एउटै भएकाले मुख्यमन्त्रीविरुद्धको अविस्वास प्रस्ताव फिर्ता लिइएको बताए ।

तत्कालीन नेकपा हुँदा माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका सांसदले अविस्वासको प्रस्ताव दर्ताा गराएका थिए ।

प्रचण्ड–नेपाल समूहका ४५ सांसदले पौडेलविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । जसमध्ये २३ जना सांसद नेपाल समूहका हुन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते अविस्वासको प्रस्ताव दर्ता गरि मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...