‘राष्ट्रपतिको बचनलाई पूरा गर्न प्रतिवद्ध छौँ’ : चिनियाँ राजदूत यान्छी

485

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

उक्त अवसरमा चिनियाँ राजदूत होउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरुा गर्नका लागि प्रतिवद्ध भएको बताएकी छन् । साथै, भ्याक्सिनको यो खेपमा चिनियाँ जनताको नेपाली जनताप्रति गहिरो मैत्रीपूर्ण भावना समेटिएको बताएकी छन् ।

राजदूत यान्छीले भनिन्, “यो दुई व्यक्तिको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो जसले एक अर्कालाई विषम् परिस्थितिमा सहयोग गर्ने गर्छन् । यस्तै, यसले चीन–नेपाल रणनीतिक सहकारी साझेदारीको उच्च प्रदर्शनसमेत गर्दछ ।”

कार्यक्रममा राजदूत यान्छीले राष्ट्रपति सी जिनफिङले गरेको बाँचा स्मरण गर्दै भनिन्, “ हामी राष्ट्रपति सीको बचन पूरा गर्न प्रतिवद्ध छौँ । महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहयोगको सक्रिय सञ्चालनका निमित्त अन्तर्राष्ट्रिय खोप अभियानलाई प्रोत्साहित गर्नका लागि एक प्रतिवद्ध फ्रन्ट–रनरको रुपमा काम गर्नै सबैका लागि समान खोप वितरणमा हाम्रो प्रतिबद्धता छ ।”

सिनोफार्मले उत्पादन गरेको खोप ८० प्रतिशबढी प्रभावशाली छ । यसको एन्टिबडीलाई निष्क्रिय गर्ने सकरात्मक रुपान्तरण दर ९९–५२ प्रतिशत रहेको साथै यो गम्भीर मामिलालाई रोक्न शतप्रतिशत प्रभावकारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...