गाउँपालिकाद्वारा सगरमाथा आरोहीलाई झन्डा हस्तान्तरण

605

काठमाडौं । गोरखा धार्चे गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने दुईजना आरोहीलाई झन्डा हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमबचि आरोही पुरबहादुर गुरुङ र इमान गुरुङलाई गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ र उपाध्यक्ष फूलमाया गुरुङले झन्डा हस्तान्तरण गरेका हुन् ।

आरोही पुर बहादुरले यसअघि चार पटक र इमानले दुईपटक सगरमाथा आरोहण गरिसकेका छन् ।

धार्चेका स्थायी बासिन्दा रहेका दुवै जना आरोहीले आफ्नो गाउँको नाम र समुदायको पहिचानका लागि पाँचौँ र तेस्रो पटक आरोहण गर्न लागेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...