नेपाल समूहकाे केन्द्रीय सदस्यको बैठक कलंकीमा जारी

292

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

कलंकीस्थित मेगा पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरुबीच छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यसमा चार नेताले दिएको जबाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओली समूहको नेताहरुको मात्र उपस्थिति रहेको चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकमा ४५ जनाजति केन्द्रीय सदस्य सहभागी छन् । धेरै सदस्य उपत्यका बाहिर रहेकाले उपस्थित कम भएको नेपाल समूहको दाबी छ ।

शुक्रबार दिउँसो ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने÷नजाने विषयमा पनि छलफल हुने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...