काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा देशभरबाट १ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थपिएका १ सय २० जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । यीमध्ये १ हजार २ सय १७ सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
देशभर थप ८५ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको छ । निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।
मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ३ हजार २० जनाले ज्यान गुमाएका छन् ।