नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

611

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमर नेपाल समूहले शुक्रबार केन्द्रीय कमिटीे बैठक बोलाएको छ ।

पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको युवराज ज्ञावलीले जानकारी दिए ।

बैठक शुक्रबार बिहान ११ बजे कलंककीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चैत्र ७ मा बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनस्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

महासचिव ईश्वर पोखरेलले सोमबार स्पष्टीकरण पत्र काट्नै तीन दिनभित्र जबाफ दिन भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...