ओली सरकारलाई विदाइ गर्न प्रतिपक्षीले ढिलाइ गर्‍यो : भट्टराई

337

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन् ।

“बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो।” ट्विटरमा भट्राईले ट्विट गर्दै भनेका छन्, “अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन?नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !”

संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ । भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता पाएको संकेत गरेका छन् ।

 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मंगलबार धरानमा आयोजित कार्यक्रममा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...