एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्ररुपमा फैलिन थालेको छ ।
पछिल्लो पटक कोरोनाको दोस्रो लहरले बलिउड अभिनेता आमिर खानलाई पनि भेटेको छ । कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान अहिले होम क्वारेन्टिनमा छन् ।
आमिरका प्रवक्ताकाअनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै रहेका छन् । आमिरले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् ।