७७ वटै जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको निर्देशन

552

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै ७७ वटै जिल्ला कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न दुई दिनअघि परिपत्र गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्र बहादर बुढाले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जानकारी दिए ।

उनकाअनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृह मन्त्रालयले सोमबार परिपत्र गरेको हो ।

बुढाले भने, “क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना पनि गर्न भनेका छौँ । धेरै भीडभाड हुने ठाउँमा पनि भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।”

नाकाबाट प्रवेश गर्नेहरुको पनि विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...