काठमाडौं । डा. चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले यही चैत्र २८ गते राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
जनकपुरधामको बाह्रबिघा मैदानमा हुने महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ ।
महाधिवेशनमा २५ हजार स्यमंसेवक परिचालन हुने र विदेशका अतिथि समेत सहभागी हुने बताइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्यरुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्नेछ ।
महाधिवेशनमा सहभागी हुनका लागि चैत्र १५ गतेभित्र वडा तथा पालिका अधिवेशन सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ । डा. राउतले जारी गरेको मार्गनिर्देशनमा भनिएको छ, “चैत्र १५ गतेपश्चात प्राप्त हुने अधिवेशन प्रतिनिधिको सूचिलाई महाधिवेशनमा समावेश गरिने छैन ।”