नक्कली नेपाली नोट कारोबारमा संलग्न ४ जना पक्राउ

465

चितवन । नेपाली नक्कली नोट कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा भरतपुर महानगरपालिका वडा नम्बर १ बसपार्कस्थित पसलमा केही व्यक्तिले नक्कली नेपाली नोट दिइ सामान खरिद गरी रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई चैत्र ६ गते राति साढे ८ बजे प्रहरी टोलीले पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–८ बस्ने २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली एक हजार दरको नोट ७८ थान बरामद गरेको छ ।

यस्तै, नक्कली नोट बनाउने कार्यमा संलग्न सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने २८ वर्षीय विश्वलराम राई र २४ वर्षीय राजाराम दनुवारलाई नक्कली नोट बनाउने फोटोकपी मेसिन–२, प्रिन्टर–१, ल्यापट–२, कार्ड रिडर, हार्ड डिस्कसहित पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

पक्राउ परेको उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...