दलको निर्देशनभन्दा बाहिर जाँदिन : गौतम

442

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू दलको निर्देशनभन्दा बाहिर नजाने प्रष्ट पारेका छन् ।

पुस ५ गतेपछि पहिलो पटक पार्टीको आधिकारिक बैठकमा सहभागी भएका गौतमले एमाले ब्युँताउने सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको र त्यसलाई आफूले स्वागत गरेको बताए ।

गौतमले आफू संसद विघटन र अविश्वास प्रस्ताव दुवैको विपक्षमा रहेकाले पार्टी एकताको पक्षमा उभिएपनि सफल हुन नसकेको स्वीकार गरे । उनले आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएकाले दलको ह्वीप लाग्दैन भन्ने बुझाइ रहेपनि दलको निर्देशन बाहिर नजाने बताए ।

गौतमले भने, “पार्टी त फुटिसकेको थियो । पुस ४ गते प्रधानमन्त्री र प्रचण्ड वार्तामा म साक्षी थिएँ । प्रधानमन्त्रीले १९ बुँदे आरोपपत्र फिर्ता लिने र आफूले भनेको प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दा प्रचण्डले मानेनन् । मैले सम्झाउँदा पनि मानेनन् । पार्टी त त्यसबेलै फुटेको हो, अदालतले हामीलाई बचायो ।”

Share This:
सम्बन्धित खबर
Loading...