धरानबाट लागुऔषधसहित २ जना भारतीय पक्राउ

305

सुनसरी । प्रहरीले सुनसरीको धरानबाट मंगलबार दिउँसो १ बजे लागुऔषधसहित २ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ वर्षीय बिशन घले र उनको श्रीमती २२ वर्षीया पुन्य तामाङ रहेका छन् ।

उनीहरुलाई धरान भानुचौकस्थित रहेको तेह्रथुम होटल एन्ड लजको १०६ नम्बर कोठाबाट लागुऔषध ब्राउनसुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...