‘फिदा’मा पल र वर्षाको रोमान्स (भिडियो)

294

काठमाडौं । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा समावेश ‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई दिपक शर्माले संगीतवद्ध गरेका हुन् । गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गम्भीर विष्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।

अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Share This:
सम्बन्धित खबर
Loading...