फेरि बढ्यो पेट्रोलियम पदार्यको मूल्य, कति पुग्यो हेर्नुस्

416

काठमाडौं । सरकारले मंगलबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ भने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

१६ मार्चमा इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले पठाएकाे नयाँ मूल्यसूचिअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएकाे हाे ।

नयाँ मूल्यअनुसार पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय १८ र डिजेल र मट्टितेलकाे मूल्य १ सय १ रूपैयाँ पुगेकाे हाे ।

 

Share This:
सम्बन्धित खबर
Loading...