काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय ९० जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका १ सय १४ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । यीमध्ये ९ सय १५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
देशभर थप ९४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ४ सय ९५ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ जना रहेको छ ।