झापाबाट ब्राउनसुगरसहित २ भारतीय पक्राउ

340

झापा । झापा मेचिनगर नगरपालिका–१५ फडानीस्थित कासघारीबाट लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीयलाई पक्राउ गरिएको छ ।

मंगलबार दिउँसो साढे १ बजे भारत दार्जिलिङ बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ वर्षीया अनिता हेमरमलाई लागुऔषधी ब्राउन सुगर १५० ग्रामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...