प्रचण्ड-माधवलाई ओलीको चुनौती : सक्नेले मलाई हटाए हुन्छ, २० महिनापछि दुई तिहाइ लिएर सिंहदरबारको मूलगेटबाट फर्किन्छौँ

243

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाएर देखाउन चुनौती दिएका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डमा अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौती दिएका हुन् ।

ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूलगेटबाट पस्ने समेत दाबी गरे ।

ओलीले भने ‘मलाई कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ, २० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूलगेटबाट भित्र पस्छ ।’ ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए ।

ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौँ भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’

ओलीले भने, “उफ्रने उफ्रिँदै गर्छन्, कराउँदै गर्छन् उजूरी लिएर अदालततिर, निर्वाचन आयोग कुद्‌दै गर्छन्, हामी काम गर्दै गर्छौँ ।’ उनले भने, ‘झगडियाले मुद्दा गर्छ, कार्यकर्ताहरु देश बनाउने काममा लाग्छ । हामी अगाडि बढ्छौँ ।”

उनले अहिले देशमा प्रतिक्रियावादीका शक्तिहरुले देशको राजनीतिको मूल दिशानै विगार्न खोजेको बताए । “नेता कार्यकताका प्रगति मनोवृति भनेको देश र जनताका लागि हुनुपर्छ । तर, संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्दा संविधान रहदैन भन्यो, लोकतन्त्र रहँदैन भन्यो ।” “चुनावमा जाँदा लोकतन्त्र हराउँछ रु संविधान च्यातिन्छ रु” उनले प्रश्न गरे । “बडो हाउभाउका साथ भाषण गर्दै हिँडिरहेका छन् । चुनावमा जाने आँट नभएकाहरु ।” उनले भने ।

“केपी ओलीलाई हटाउनुपर्यो, विकास नगर्ने सरकार तपाई हामिले बनाउनुपर्यो भनेर निवेदन हाल्नु जान्छन् ।”, उनले भने, आफू निवेदन हाल्नु नजाने विकास नाममा देश अगाडि बढाउने आफू जस्तो नेता कोहि पनि नभएको जिकिर गरे ।

अरू व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको आरोप लगाउँदै आफ्नो पार्टी त्यसो नगर्ने बताए । उनले आफूहरू कसैकोमा प्रधानमन्त्रीको लागि निवेदन दिन नजाने बताए । “हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौँ। किनकि, हामीबाहेक अरू कुनै पार्टी र नेतानै त्यसको लायक छैन । कुनै नेताको सोचनै विकास र समृद्धि गर्ने छैन । कुनै नेताको भाषणमा पनि विकासका कुरा गरेका छैनन् । त्यसैले हाम्रो विकल्प छैन।”

उनले अहिले पार्टी र देशलाई बर्बाद गर्ने खेलमा लागेको भन्दै आफू यस्तो प्रकारलाई चिर्दै आएको र चिर्ने बताए । उनले भने, “आफ्नो निम्ति होइन जनता र देशका लागि, शुषनका लागि काम गरिरहेको छु ।” उनले भने “अब राष्ट्रिय आकांक्षा पुरा गर्न केहि समय पनि लाग्दैन । यिनले खुट्टा तान्दै गर्छन् हामी देशका लागि काम गर्दै गर्छौँ ।”

‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौं । हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ,’ उनले भने ।

आफ्नो कार्यकालमा विकास–निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरे । सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको उनको आरोप थियो ।

Share This:
सम्बन्धित खबर
Loading...