जीवन रसाइलीको संगीतमा ‘खुशी’ सार्वजनिक [भिडियो]

679

काठमाडौं । चर्चित युवा गायक प्रताप दासको स्वरमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा राज केसीको शब्द रहेको छ । जीवन रसाइलीले संगीतवद्ध गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले जनाएको छ।

म्युजिक भिडियोमा गीतकार केसीको साथमा अष्ट्रेलियन मोडेल एबी फिचर्ड छन्। म्युजिक भिडियोमा गीतकार केसी र एबीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि अष्ट्रेलियामा रहेर आफ्नो कलायात्रालाई अघि बढाइरहेका गीतकार केसी र निर्देशक रसाइलीले आफूहरुले कोरना कहरबीच निकै मेहनतसाथ यो भिडियो तयार पारेको बताए ।

अष्ट्रेलियामा पनि नेपाली म्युजिक भिडियो राम्रो बन्न सक्छ भन्ने उदाहारण आफूले पेस गरेको निर्देशक केसीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...