सरकारमा सहभागी हुन जसपाले राख्यो तीन सर्त

229

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वर्तामा जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन तीन शर्त राखेका छन् ।

बैठकमा सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा घाइते तथा अपांगलाई उचित राहतको व्यवस्था, मुद्दा फिर्तालगायतका माग पुरा गरे सरकारमा सहभागी हुन तयार रहेको जसपा नेताहरुले धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै थप छलफल गरेर समग्र मागका विषयमा निष्कर्षमा पुग्न सकिने धारण राखेका थिए ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, महन्त ठाकुरसहित नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण सहभागी थिए भने एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, बिष्णु पौडेललगायत सहभागी थिए ।

Share This:
सम्बन्धित खबर
Loading...