सिंगटी हाइड्रो इनर्जीको २६ लाख ९७ हजार कित्ता शेयर आउदै

चैत ६ गते देखि १० गतेसम्म आवेदन दिन पाउने

456

काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गते शुक्रबार बाट आईपीओ सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्दै छ । दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि नै स्थानियहरुको लागि शेयर विक्रि खुल्ला गरेको कम्पनीले अब सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आइपीओमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था पनि गरेको छ।

Share This:
सम्बन्धित खबर
Loading...