काठमाडौं । सरकारले निलम ढुंगाना र बम बहादुर मिश्रलाई नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर बनाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको श्रोतले जनाएको छ ।
राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि ब्यापक लबिङ हुँदै आएको थियो ।
डेपुटी गभर्नरका ढुंगाना र मिश्रसहित कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट, देव कुमार ढकाल, भुवन कँडेल, नेफिल मटाङ्गी मास्केलगायतको नाम चर्चामा थियो ।
राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर नियुक्त भएको हो ।
गत फागुन १८ गते गभर्नरका रुपमा रहेका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि सो पद खाली रहेको थियो ।