सिरियाका राष्ट्रपति दम्पती कोरोना भाइरस संक्रमित

594

एजेन्सी । सिरियाका राष्ट्रपति बसर खल असद र उनी श्रीमती अस्मा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट संक्रमितलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोना भइरसको संक्रमण रहेको पुष्टि भएको हो ।

उनीहरु कोरोना भाइरसबाट संक्रमित भएको सोमबार सरकारी अधिकारीले पनि पुष्टि गरेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

सिरियामा कोरोनाबाट अहिलेसम्म १५ हजार ९ सय ८१ जना संक्रमित भएका छन् भने एक हजार ६३ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...