काठमाडौं । पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार १ सय ११ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ४५ पुरुष र २१ महिला गरी कुल ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका ६६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । यीमध्ये ८ सय २५ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
देशभर थप ५८ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार ८ सय ८६ जना पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जनाको मृत्यु भएको छ ।