पाटनबाट ३७ वर्षअघि चोरी भएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

767

काठमाडौं । ३७ वर्षअघि ललितपुरको पाटनबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।

अमेरिकाको वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबिआईका अपसाहयक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव–कमलाजाको मूर्ति हस्तान्तरण गरे ।

कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

सन् १९८४ मा नेपालबाट चोरिएको उक्त ऐतिहासिक मूर्ति पाटनस्थित नारायण मन्दिरको हो । नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इञ्च उचाइ र १९.२५ इञ्च चौडाइको छ ।

Share This:
सम्बन्धित खबर
Loading...