पूर्व फुटबल खेलाडी पेलेले लगाए कोरोनाविरुद्धको खोप

613

एजेन्सी । पूर्व ब्राजिलका महान फुटबलर पेलेले कोरोनाविरुद्धको खोप लगाएका छन् । ८० वर्षीय पेलेले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गदै सो कुराको जानकारी दिएका हुन् ।

तीन पटक विश्वकप जित्ने टोलीमा महत्वपूर्ण सदस्य रहेका पेलेले कोभिड–१९ खोप कहाँ लगाएका हुन् भने बताएनन् । एक वर्ष पहिले ब्राजिलमा महामारीको सुरु भएपछि पेले साओ पाउलो बाहिर ग्वारुजास्थित आफ्नो घरमा बसेका थिए ।

खोप लगाएपछि पेलेले भने, “आजको दिन कहिल्यै बिर्सने छैन…. मलाई खोप दिइयो ।”

अहिलेसम्म ब्राजिलमा कुल जनसंख्याको ४ प्रतिशतभन्दा कम व्यक्तिले कोरोना भइरसविरुद्धको खोप पाएका छन् ।

कोराना भाइरसबाट ब्राजिलमा अहिलेसम्म एक करोड ७ लाख ९६ हजार ५ सय ६ जना संक्रमित भएका छन् भने सोही अवधिमा २ लाख ६१ हजार १ सय ८८ जनाको मृत्य भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...