नागरिक सरकारले म्यानमार सेनालाई घोषणा गर्याे ‘आतंकवादी संगठन’

552

एजेन्सी । देशको प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमार सेनाविरूद्धको प्रदर्शन चौथो हप्तामा प्रवेश गरेको छ।

सेनाले देशभरका शहरमा प्रदर्शनकारीहरुलाई हिंसात्मक कारबाही सुरु गरेको छ । तरपनि, प्रदर्शनकारी सडकबाट हट्न तयार छैनन् । आन्दोलको क्रममा सेनाले प्रदर्शनकारीलाई दबाउन स्नाइपरको प्रयोग गरेपछि नागरिक सरकारले सोमबार सेनालाई आतंकवादी संगठन घोषित गरेको छ । काउन्टर टेररिजम कानुनको उल्लंघन र आतंकवादी जस्ता कार्यको लागि राज्य प्रशासन परिषदले सेनालाई आतंकवादी समूह घोषित गरेको हो ।

स्पुतनिकको एक रिपोर्टअनुसार कमिटीले शान्तपूर्वक प्रदर्शन गरिरहेका नागरिकहरु गोली हानी, कुटपिट गर्ने, विद्यार्थी र नागरिक कर्मचारीहरुलाई पक्राउ गरी जबरजस्ती शोषण गरेको आरोप लगाएको छ । संयुक्त राष्ट्र संघीय मानवअधिकार कार्यालयले एक विज्ञप्तिमा भनिएको छ, “म्यानमारमा आइतबारको पुलिस र सेनाले गरेको कारबाहीमा १८ जनाको मृत्यु र ३० भन्दा बढी घाइते भएका छन् ।” प्रतिवेदनमा भनिएको छ, “आइतबार १ फेब्रुअरी को मुलुकमा भएको कुटपिट पछि सबैभन्दा भयानक दिन थियो ।”

यसैबीच, आइतबार प्रहरीले गरेको कारबाहीबारे सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अर्कोतर्फ, म्यानमारको पदच्युत नेता आङ सान सुकी भिडियो कन्फरेन्सिङ्गमार्फत सोमबार अदालतमा उपस्थित गराइएको थियो । उनीसँग दुई थप आरोप लगाइएको छ, तर समर्थकहरू यो पूर्णतया बनावटी भएको बताएछन् ।

Share This:
सम्बन्धित खबर
Loading...