आरसिटी टुसाल युवा क्लबलाई हराउँदै पाँचौँ स्थानमा उक्लियो

367

काठमाडौं । सहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । आरसिटीको जितमा अजित गुरुङले निर्णायक गोल गरे ।

सोमबार भएको खेलमा टुसाल युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आरसिटी पाँचौँ स्थानमा उक्लिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७२औँ मिनेटमा अजित गुरुङले गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाए । अजितको क्रसमा गरेको बल टुसालका गोलरक्षक रोशन गुरुङ झुक्किएपछि सिधैँ गोलमा परिणत भएको थियो ।

जितसँगै आरसिटी ८ खेलबाट समान तीनमा जित र तीनमा बराबरी र दुई हाससँगै १२ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित टुसाल ७ अंकसहित सातौँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...