एजेन्सी । महाराष्ट्रको पुणेमा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण स्कुल-कलेज, निजी कोचिङ संस्था १४ मार्चसम्म बन्द गरिएको छ ।
महाराष्ट्रको धेरै सहरमा कोरोना भाइरसको संक्रमण फेरि बढिरहेको छ । कतिपय जिल्लामा कोरोना भाइरसको संक्रमण बाहिर आएको छ । यसपछि प्रशासनले उच्च सर्तकता अपनाएको छ ।
महामारीको खतरालाई मध्यनजर राख्दै पुणेका मेयर मुरलीधर मोहोलले कलेज, स्कुल तथा निजी कोचिङ संस्थालाई १४ मार्चसम्म बन्द गरेका छन् ।
पुनेका मेयर अफिसबाट जारी विज्ञप्तिअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म निषेध गरिएको छ ।