विप्लव समूहका ‘जनसत्ता प्रमुख’सहित तीन जना पक्राउ

139

सप्तरी । सप्तरीबाट प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसत्ता प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खडग नगरपालिका–३ बानरझुलाका सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, राजविराज नगरपालिका–४ का उदय भनिने उदयनाथ मण्डल तथा विष्णुपुर गाउँपालिका–१ का सप्तरी सिरहा सदस्य रामकृष्ण मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भुवनेश्वर साहकाअनुसार उदय मण्डललाई राजविराजस्थित घरबाटै शुक्रबार साँझ र दुई जनालाई शुक्रबार राति नै नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट चन्दा माग गर्न प्रयोग गर्ने सिमसहितको एक थान मोबाइल, अन्य सिमसहितको ३ थान मोबाइल र केही दस्तावेजहरु बरामद गरिएको डिएसपी साहले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...