रचना रिमाल र कृष्ण ढकालको स्वरमा रहेकाे ‘टिकटक क्वीन : सुपरम्यान’ सार्वजनिक

537

काठमाडौं । पछिल्लो समयमा चर्चित गीतमार्फत दर्शक स्रोताको मन जित्न सफल गायिका रचना रिमालको स्वरमा रहेको ‘टिकटक क्वीन : सुपरम्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा गायिका रिमाललाई अमेरिकामा रहेका गायक कृष्ण ढकालले साथ दिएका छन् । गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ भने गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा पल शाह , दुर्गेश थापा, गरिमा शर्मा र रुचि बिश्वासको धमाकेदार नृत्य देख्न सकिन्छ ।

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई  ‘शाह प्रडक्सन फिल्म्स’ आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...