पछिल्लो २४ घन्टामा ११२ जनामा कोरोना संक्रमण, ८३ जनाको निधन

118

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ४ सय ११ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय १२ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । यीमध्ये ७ सय ७० जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ८४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७० हजार २ सय २३ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा एक जनाकाे मृत्यु भएकाे छ भने साेही अवधिमा अन्य ८२ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाअनुसार मृत्यु भएका ८३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...