छिमेकी महिलाको हत्या : मुटु आलुसँग पकाएर आफन्तलाई खान दिए

370

एजेन्सी । अमेरिकामा एक हत्या आरोपीले आफ्नो छिमेकी महिलाको हत्या गरे । उनको मुटु निकालेर आलुसँग पकाए र अन्य पीडितलाई खानका लागि राखिदिए । अन्त्यमा उनीहरुलाई पनि मारिदिए । अहिले अमेरिकी पुलिसले जघन्नय अपराधको जाँच गरिरहेको छ । घटना अमेरिकाको ओक्लाहोमा सहरमा भएको हो ।

प्रहरीले भने यो स्तब्ध पार्ने घटना लरेन्स पल एन्डरसन नामक व्यक्तिले गरेका थिए । लरेन्सले आफ्नो छिमेकी महिलालाई मारी उनको मुटु निकाले । त्यसपछि उनी आफ्नो काकाको घरमा आए ।

काकाको घरमा उनले मुटुलाई आलुसँग पकाए । पकाइसकेपछि मुटु र आलु आफ्नो काका र काकीलाई खानलाई पस्किदिए । त्यसपछि लरेन्सले आफ्नो काका, काकी र उनको चार वर्षकी छोरीलाई मारे ।

लरेन्सको जघन्य हत्याको कथा आक्लाहोमा प्रहरीलले चिकाशास्थित ग्रेडी काउन्टी अदालतमा भनेको थियो ।

पुलिसले अदालतमा पेस गरेका वारेन्टमा यस्तो लेखिएको थियो, “लरेन्सले छिमेकी महिलाको मुटु निकाले र त्यसलाई आलुसँग पकाए । त्यसपछि खान आफ्ना आफन्तहरुलाई दियो ताकी उसले शैतानलाई भित्रबाट निकाल्न सकोस ।”

लरेन्सले उक्त हत्या ९ फेब्रअरीमा गरेका थिए । उनी एक हप्ता अघिमात्र जेलबाट बाहिर आएका थिए । उनलाई ओक्लाहोमाका गभर्नर केभिन स्टिटले कारागारबाट बाहिर जाने अनुमति दिएका थिए । बाहिर आउनसाथ उनले जघन्य अपराध गर्यो ।

प्रहरीले अदालतलाई बताएअनुसार लरेन्सलाई ड्रग्स प्रकरणमा २०१७ मा २० वर्षको जेल सजाय सुनाइएको थियो । उनले अदालतमा अपराध स्वीकार गरे । अदालतले उनलाई फेरि कारागार पठाएको छ ।

श्राेतः आजतक

Share This:
सम्बन्धित खबर
Loading...