देश दुर्घटनाबाट जोगिएको छः किराँती

458

काठमाडौं । साहित्यकार तथा जसपा युवा नेता मिलनकान्छा किराँतीले सर्वोच्च अदालतको संसद पुनःस्थापना गर्ने निर्णयले देश दुर्घटनाबाट जोगिएको बताएका छन् ।

कसरी देश दुर्घटनामा जान्थ्यो भन्ने जिज्ञासामा उनले भने, ‘ओली प्रतिगमनविरुद्ध सडकमा जनता ओर्लिसकेका थिए । मुठभेड सुरु भइसकेको थियो । संवैधानिक सङ्कटको बेला त्योभन्दा थप अप्रत्यासित घटना घट्न सक्थ्यो । विकास र समृद्धिमा देश धेरै पछि पर्थ्यो । तर, सर्वोच्च अदालतको यो निर्णयले देश दुर्घटनाबाट जोगिएको छ ।’

उनले थपे, ‘ यो निर्णयले व्यावस्थापिकाले बनाएको विधानलाई न्यायपालिकाले व्यख्या मात्र गरेन । रक्षा पनि गर्यो । यो निर्णयसँगै सर्वोच्च अदालतले लोकतान्त्रिक गणतन्त्र, सार्वभौम जनता र न्यायको पक्षमा रहेको पुष्टि गरेको छ ।’

किराँतीले नैतिकताको आधारमा राजीनामा दिएर थप निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । यस सन्दर्भमा राष्ट्रपतिले पनि नैतिकता बाँकी भए पद छोड्न सक्नुपर्ने बताएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...