काठमाडौं ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि स्वीकृति पाएको छ।
कुल चुक्ता पुँजीमा कम्पनीले ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो।
अंकित मूल्य १ सयको दरमा कम्पनीले कुल ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ। बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको बीमा कम्पनी हो। नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्।