क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोलको गीत सार्वजनिक [भिडियो]

282

काठमाडौं । वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको गीत ‘मान्छे’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर भर्जिनिया निवासी गायक रमेश कडेलले दिएका छन्, भने किरण कडेलको संगीत र संगीत संयोजन रहेको छ।

समाजको यथार्थलाई प्रस्तुत गरिएको भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको अभिनय देख्न सकिन्छ।

भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ । भिडियोलाई दिन्शन शाहको सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रहसमेत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...