काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ९७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ९ सय ३१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका ९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ । यीमध्ये १ हजार ५ सय ८३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
देशभर थप १ सय १४ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय १४ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ६ सय १९ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ जना पुगेको छ ।