सामाजिक सञ्जाल मार्फत ठगी कार्यमा संलग्न पक्राउ

161

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-११ भण्डारी टोल बस्ने पर्वत टकलाक घर भएका ४५ वर्षीय हरिप्रसाद बस्याललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत युकेमा बसोबास गर्ने डाक्टर माइकल अलवर्ट भन्ने व्यक्तिले साथी बनाइ कुरा गरी उपहारका सामानहरु युके बाट पठाएको छ र उक्त सामान भारत हुँदै नेपाल आउँदैछ भने पश्चात भारतीय नम्बरबाट नेपाली भाषा बोल्ने महिलाले पीडितलाई सम्पर्क गरी भन्सार छुटाउनको लागि कर बापत रकम तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गरेको र सो रकममध्ये ५ लाख २० हजार रुपैयाँ काठमाडौं गोगंबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा व्यक्तिलाई भेटेर दिए पश्चात पनि पीडितलाई पटक-पटक रकम पठाउन भनी फोन आए पश्चात पीडितले आफू ठगिएको थाहा पाइ दिएको सूचनाको आधारमा ठगी कार्यमा संलग्न बस्याललाई प्रहरीले पक्राउ हो ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउस नजिकबाट बस्याललाई पक्राउ गरेको हो । बस्यालबाट १० थान विभिन्न व्यक्तिको नाममा जम्मा गरेको भौचर, २ थान मोबाइल र नगद १ लाख ७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

बस्याललाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...