काठमाडौं । संसारमा सबैलाई हुन मन लाग्ने राम्रो वा राम्री, खुशी र सुखी । तर कसरी हुने त ? सुख र खुशी अरुबाट प्राप्त गर्न सकिन्छ ? वा आफैले प्राप्त गर्ने हो ? हामीले केही टिप्स प्रस्तुत गरेका छौँ
खुसी र सुखी हुने मन कसलाई पो नहोला र ? तर, जानी–नजानी हामीले यस्ता काम गरिरहेका हुन्छौँ, जसले हामीलाई चिन्तित बनाउँछन्, सुखी रहन दिंदैनन् । सधैँ सुखी हुन चाहनेले यी टिप्स पालना गर्दा उत्तम हुनसक्छ ।
आफैँसँग झुट बोल्न छाड्नुहोस्
यो बारम्बार भनिने विषय हो । तर, हामी यसमा सफल अत्यन्त कम हुन्छौँ । तर, सुखी र खुसी हुन चाहने हो भने आफैँसँग झुट बोल्न छाड्नुपर्छ । झन्, सधैँका लागि झुट बोल्न छाड्ने हो भने हाम्रो जीवन अत्यन्त खुसी हुन्छ ।
सबै कुरा ‘पर्फेक्ट’ बनाउने नसोच्नुहोस्
कहिलेकाहीँ हामीलाई लाग्छ, यो यस्तो भइदिएको भए, यो त्यस्तो भइदिएको भए झन् राम्रो हुने थियो । हामी सबै कुराको ‘पर्फेक्टनेस’ खोज्छौँ । यस्तो सोच हटाउन जरुरी छ । सबै कुरा सधैँ पर्फेक्ट नहुन सक्छन्, त्यसलाई पर्फेक्ट बनाउँछु भनेर दिमाग लगाउनुको कुनै अर्थ नहुन सक्छ ।
आफ्नो आवश्यकता नबिर्सिनुहोस्
कहिलेकाहीँ साथीभाइ, परिवार तथा आफन्तको आवश्यकता पूरा गर्ने चक्करमा हामी आफ्नै आवश्यकता भने बिर्सन सक्छौँ । आफ्नो आवश्यकता र चाहना बिर्सनु आफूलाई दुःखी बनाउनु हो । सुखी रहन आजैबाट आफ्ना चाहनालाई प्राथमिकता दिन थाल्नुहोस् ।
अरूलाई बदल्ने कोसिस नगर्नुहोस्
यो आवश्यक छैन कि सबै मानिस तपाईंजस्तै हुन् । जीवनमा विभिन्न यस्ता मानिससँग भेट हुनसक्छ, जसको व्यवहार तपाईंसँग मिल्दैन वा उनीहरूले तपाईंलाई मन नपर्ने व्यवहार गर्छन् । उनीहरूलाई त्यस्तै रहन दिनुहोस्, बदल्छु भन्ने संकल्प लिएर अगाडि नबढ्नुहोस् ।
अरूजस्तो बन्ने प्रयास नगर्नुहोस्
तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै ठीक हुनुहुन्छ । तपाईंले सोचेर आफ्ना काम गर्नुहोस् । अरूको नक्कल गर्ने बानीले तपाईंलाई दुःखी बनाउन सक्छ । आफू जस्तो हुनुहुन्छ, त्यसमा नै खुसी रहेर अगाडि बढ्नुहोस् ।