बैतडी । प्रहरीले किशोरी भागरथी भट्टको हत्या प्रकरणमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी स्रोतकाअनुसार, सार्वजनिक पद धारण गरेका एक व्यक्तिलाई बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको हो ।
सार्वजनिक पद धारण गरेका ती व्यक्तिलाई प्रहरीले भीमदत्त नगरपालिकाको एठपुरबाट पक्राउ गरी बैतडी लगेको प्रहरी स्रोतले जनाकारी दिएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका व्यक्तिका विषयमा केहीले सूचना दिएको र हत्याको घटनापछि उनी कञ्चनपुर गएका थिए । प्रहरी स्रोतकाअनुसार, उनको संलग्नता देखिने केही आधारहरु देखिएकाले त्यस विषयमा छानविन गर्न पक्राउ गरेको जानकारी दिएको छ । तर, उनको परिचय खुलाइसकेको छैन ।
दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भएपनि प्रहरीले निचोड भने निकालिसकेको छैन ।
प्रहरीले घटना भएयता गाउँ छाड्नेहरूको सूची बनाएर निगरानी गरिरहेको थियो ।