सपना रोकालाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

194

काठमाडौं । सपना रोका मगरलाई धम्की दिएको अभियोगमा विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार बस्नेतलाई पक्राउ गरिएको महागनरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

काठमाडौंमा बेवारिसे लास जलाउँदै आएका बस्नेतले धम्की दिएको भन्दै दुई दिनअघि सपनाले परिसरमा उजुरी दिएकी थिइन् ।

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीका आधारमा प्रहरीले बस्नेतको खोजी गरिरहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...