हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा । झापा भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० वर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसँग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आइ सीता दाहाललाई आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।