तामाकोसीमा बेपत्ता भएका सहचालकको शव १३ दिनपछि गोताखोरद्वारा फेला

134

दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटार भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा परी तामाकोसी नदीमा बेपत्ता भएका सोही ट्याक्टरका सहचालक अनन्त बहादुर खड्काको शव सशस्त्र प्रहरी बल, नेपालको गोताखोर टोलीले आज फेला पारेको छ ।

सोही जिल्लाको गौरीशंकर गाउँपालिका ५ बस्ने १४ वर्षीय खड्का गत माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपिएफ टोलीले उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो ।

एपिएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...