काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत बन्द हुने

331

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा दुई दिन विद्युत् कटौती हुने भएको छ । सडक विस्तार कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले शनिबार र आइतबार विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत वितरण केन्द्र बानेश्वर वितरण केन्द्रले साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत् कटौती गर्ने भएको हो ।

बानेश्वर वितरण केन्द्रकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत लाइन काटिनेछ ।

यसैगरी, शनिबारनै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र कोटेश्वरको दिउँसो साढे १ बजेदेखि ४ः३० बजेसम्म विद्युत् कटौती गरिनेछ ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदखि दिउँसो साढे १ बजेसम्म विद्युत काटिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...