नेपालका मौलिक संस्कृति अमूल्य सम्पदा र पहिचान : राष्ट्रपति भण्डारी

शुभकामना सन्देश

232

काठमाडौं । सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको भन्दै राष्ट्रपति भण्डारीले शुभकामना दिएकी हुन ।

सन्देशमा राष्ट्रपतिले भनकी छन्, “यस्ता पर्वले हाम्रा मौलिक संस्कृतिको प्रवद्र्धन गर्न, सामुदायिक ऐक्यबद्धता एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न र बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।”

चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसारमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध पुजा र शिक्षाको स्मरण गर्नाका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै एकआपसमा शुभकामनासंगै खुशी आदानप्रदान गर्छन ।

यस पर्व तामाङ समुदायको बाहुल्यता रहेको वाग्मती प्रदेशलगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको पाइन्छ ।

राष्ट्रपति भण्डारीले सोनाम ल्होसार पर्वले सबै नेपालीहरुबीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...