काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर ४ हजार ३ सय ९ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९९ पुरुष र ६१ महिला गरी १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका १ सय ६० जनासहित कुल संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । यीमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १ सय ६५ जनाले कोरोना जितेका छन् । योसँगै २ लाख ६८ हजार ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ जना पुगेको छ ।