नेपालमा प्रतिबन्धित १० लाख मूल्य बढीको औषधिसहित एक पक्राउ

144

मोरङ । मोरङ विराटनगर-५ स्थित न्युरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्ध गरिएको १० लाखभन्दा बढी मूल्य बराबरको औषधि बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ६ बजे रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाइ विक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो । खानतलासी गर्ने क्रममा उनीहरुको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ मूल्य बराबरको औषधि पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै प्रहरीले कोठाबाट औषधिमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टरसमेत फेला पारी बरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ ।

यसरी बरामद गरिएको औषधि र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...