‘साम्बा’ एक्लैकाे ८ गोलमा एपिएफको फराकिलो जित

राष्ट्रिय महिला फुटबल लिग

198

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिग अन्तर्गत विभागीय टोली एपिएफ क्लबको अपराजित यात्रा कायमै राखेको छ । सोमबारको खेलमा एफिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित हासिल गरेको छ ।

एफिएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले ८, अनिता केसी र अनिता बस्नेतले समान दुई–दुई तथा अनु लामा र रविना गोलेले एक–एक गोल गरिन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले पहिलो र दोस्रो हाफमा समान ७–७ गोल गर्यो ।

Photo : ANFA

खेलको चौथो मिनेटमा एपिएफका सावित्रा भण्डारीले गोल गर्दै अग्रता बनाएको थियो । यस्तै, १८औं मिनेटमा भण्डारीले नै गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफको ३६औँ मिनेटमा गोल गर्दै भण्डारीले ह्याट्रिक पुरा गरिन् । यसैगरी पहिलो हाफको ४३ र दोस्रो हाफको ५३, ५६औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरिन् । भण्डारीले खेलको ७१ र ८६औँ मिनेटमा गोल गरिन् ।

Photo : ANFA

यसैगरी, अनिता केसीले २४औँ र ३९औँ मिनेटमा गोल गरिन भने अनिता बस्नेतले पहिलो हाफको अतिरिक्त समय र दोस्रो हाफको ६४औँ मिनेटमा गोल गरिन् ।

यस्तै, ७५औँ मिनेटमा अनु लामाले तथा ७९औँ मिनेटमा परिवर्तित खेलाडी रविना गोलेले गोल गरिन् ।

Photo : ANFA

पहिलो चरणको खेलमा एफिएफले चौदण्डीगढीलाई २२–० को फराकिलो अन्तरले हराएको थियो ।

जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले ७ खेलबाट २१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीको १६ अंक रहेको छ । पराजित चौदण्डीगढीले अहिलेसम्म खाता खोल्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...